शुक्रबार , बैसाख ५, २०८२
तोलामा रु चार सयले घट्यो सुनको मूल्य – News Nepal Media
Trend

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु चार सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार तोकिएको ह।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार नौ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय ८५ तोकिएको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP