![](https://newsnepalmedia.com/wp-content/uploads/2023/03/स्ववियुको-चुनावी-तयारी-3.png)
मोरङमा आफ्नै श्रीमतीलाई हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। ५३ वर्षीया देबि महतको हत्या गरी फरार रहेका प्रतिवादी बेलबारी नगरपालिका-१ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घरायसी वादविवादको कारण हेम कर्णले आफ्नै श्रीमतीलाई २०७९ फागुन २५ गते दिउँसो धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका थिए। अहिले उनलाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले पथरी शनिश्वरे नगरपालिका-१० स्थित पश्चिम बसपार्कबाट पक्राउ गरेको हो ।
![](https://newsnepalmedia.com/wp-content/uploads/2025/02/ea7ac29a-5d8c-4f22-97b9-b564731c00e3-1024x819.jpeg)
उक्त घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।