आगलागी हुँदा ६ वटा घर जले – News Nepal Media
Trend

भोजपुरको भोजपुर नगरपालिका–१२ टक्सार बजारका केही घरमा आगलागी भएको छ । आगलागीमा परी छ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी अझै नियन्त्रणमा आएको छैन ।

मालबाँसे गाउँ नजिकैको जङ्गलमा लागेको आगो हावाहुरीले उडाएर बस्तीमा पसेको थियो । आगलागीका कारण मानवीय क्षति नभए पनि लाखौँको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । तीव्र रूपमा हुरी बतास चलिरहेको कारण आगो निभाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

१० महिनादेखि छोरीको शव मलेसियामा, बेचैन छिन् ७० वर्षीया आमा


TOP