शुक्रबार , बैसाख ५, २०८२
दक्षिण अमेरिकीमा भूकम्प जाँदा १२ जनाको मृत्यु – News Nepal Media
Trend

दक्षिण अमेरिकी राज्य इक्वेडरमा भुकम्प गएको छ। उक्त राज्यमा ६ दशमलब ७ म्याग्निच्युडको भूकम्प जाँदा १२ जनाको मृत्यु भएको छ। सोहि भूकम्पले धेरै शहरमा घरहरु भत्किएका छन् भने सबैभन्दा बढी दक्षिणी राज्य एल ओरो प्रभावित रहेको छ।

अधिकारीका अनुसार मृतक मध्ये ११ जनाको एल ओरो राज्यमा मृत्यु भएको र एक जनाको अजोए राज्यमा मृत्यु भएको छ । भूकम्पको असर दुई वटा शहरमा बढी परेको छ । माचाला र क्वेन्का शहरमा धेरै घरहरु भत्किनुका साथै सवारी साधनमा पनि क्षति पुगेको छ । आपतकालिन सेवालाई यहाँका सर्वसाधारणलाई आवश्यक सहयोग पुर्‍याउन पनि हम्मे हम्मे परेको छ ।

भूकम्पको केन्द्रविन्दू बालाओ नजिक छ । यो इक्वेडरकै दोस्रो ठूलो शहर ग्वाएकेल बाट ८० किलोमिटरको दूरीमा रहेको छ । खोज तथा उद्दार कार्य जारी छ । घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ ।

तर कति जना घाइते भएका छन् भन्ने तथ्यांक भने सार्वजनिक भएको छैन । भूकम्पका कारण गएको पहिरोका कारण कयौ सडकहरु अवरुद्ध हुनुका साथै निजी घर, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरु क्षतिग्रस्त भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP