
ललितपुरको ग्वार्को चोकमा मोटरसाइकलले साईकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ। शनिबार बेलुकी साईकललाई ठक्कर दिएर मोटरसाईकल समेत अनियन्त्रीत भई पल्टिदा साइकल चालको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा साईकल यात्री ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको धुनखर्क गाउँपालिका घर भएका ३४ बर्षीय बुद्ध तिमिल्सिना रहेका छन् । उनको उपचारको क्रममा ग्वार्को स्थित विएनवि अस्पतालमा राती सवा ९ बजे मृत्यु भएको हो ।


यस्तै घाईते भएका मोटरसाईकलका चालक धादिङको धुनिबेंसी नगरपालिका ७ घर भएका ३८ बर्षीय तुलसीराम गिरीको मंहाकाल स्थित राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको छ ।
हिजो शनिबार बागमती प्रदेश ०२-००१ ब २२४७ नम्बरको मोटरसाईकलले हिजो बेलुकी करिब ८ बजे साईकललाई ठक्कर दिएको थियो ।