मंगलबार , बैसाख २, २०८२
सुनचाँदी बजारमा हालसम्मकै उच्च मूल्य वृद्धि – News Nepal Media
Trend

नेपाली सुनचाँदी बजारमा आज मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। सुनको मूल्य प्रतितोला २ हजार ९३३ रुपैयाँले बढ्दा सुनचाँदी बजारले नयाँ रेकर्ड कायम गरेको हो। पछिल्लो दश दिनमा अहिले सम्म निरन्तर रुपले ९ हजार ३३ रुपैयाँले बढेको छ।

आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सुनको उच्च मूल्यको किर्तिमान तोलामा १ लाख ७ हजार ५०० रुपैयाँको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै चाँदी ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने


TOP