कृष्णसार मध्यवर्ती बनले गर्यो बृक्षरोपण तथा सरसफाई – फोटो फिचर – News Nepal Media
Trend

राजु सुवेदी,कावासोती । कृष्णसार मध्यवर्ती बनको आयोजनामा बिहिबार बृक्षारोपण तथा सरसफाई गरिएको छ ।

कावासोती नगरपालिका वाड नं ७ र १० का जनप्रतिनिधी,कृष्णसार मध्यवर्ती बनका पदाधीकारी,गोल्डेन गेट ईन्टरनेशनल कलेज काठमाडौंका बिद्यार्थी तथा शिक्षक लगायतको उपस्थीतिमा कृष्णसार मध्यवर्ति बनको कार्यालय परिसर र बोटे टोल बनभोज स्थलमा बृक्षरोपण गरिएको बनका अध्यक्ष रिसि चापागाईले जानकारी दिए ।

जिल्ला बन कार्यलय नवलपुर र आईसलेन्ड जङ्गल रिसोर्टले उपलब्ध गराएको झण्डै सय वटा बिभिन्न जातका बिरुवा रोपिएको थियो ।

बृक्षरोपण पश्चात बनका पदाधीकारीले मध्यवर्ती बनको बाहिरी भागको सरसफाई समेत गरेका थिए । झण्डै एक ट्याक्टर फोहोर संकलन गरिएको बन कार्यसमिति सदस्य केशब सुनुवारले जनाए ।

लामीचौर उपभोक्ता समिति अन्तरगतको कृष्णसार मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुहले गएको मंगलबार बिभिन्न संस्था मिलेर नमुना मध्यबर्ति बन, कृष्णसार मध्यबर्ति बन र नारायणी नदि किनारको फोहोर समेत उठाएको थियो ।

ग्रिन चुवाडी होमिस्टे, बिदेह फाउन्डेसन,गोल्डेन गेट इन्टेरनेसनल कलेज काठमाडौं,सफल बेकरी स्मार्ट लिङ्क कावासोती शाखाको सहयोगमा नेचर गाईड एसोसिएसन नवलपुर ,चिलाहा रतौल होमिस्टे, सिबिएपियु लामीचौर उपभोक्ता समिति,भगबति युवा कल्ब,जनजागृती थारु महिला समुह बोटे टोल, नेपाली सेना , कावासोती साईकल ग्रुप र कृष्णसार मध्यवर्ती बनका सदस्यहरुको सहभागीतमा सरसफाई गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP