शुक्रबार , बैसाख ५, २०८२
लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान – News Nepal Media
Trend

झापाको बिर्तामोड नगरपालिकाले नगरपालिका भित्र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरुआत गरेको छ । लामखुट्टेलगायत कीटजन्य रोग नियन्त्रणका लागि नगरपालिकाले अभियान अन्तर्गत तालिमप्राप्त २५ जनाको टोली परिचालन गरेको हो । जनस्वास्थ्य निरीक्षक ओमबहादुर खड्काले बिर्तामोड डेङ्गुको जोखिम क्षेत्रभित्र रहेको जानकारी दिनुभयो । नगरवासीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर अभियान सुरु गरिएको नगरप्रमुख पवित्रा महतारा प्रसाईँले बताउनुभयो । विषादी छर्किने प्राविधिकहरूलाई सही र प्रभावकारीरूपमा विषादी छर्कन निर्देशन दिइएको उहाँको भनाइ छ ।

यही असार ४ गतेदेखि सुरु भएको अभियान १७ गतेसम्म सञ्चालन हुनेछ । एकपटक छर्किएको विषादीले तीन महिनासम्म काम गर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक


TOP