कुदुमा एकैपटक तीन लिप्ट सिँचाइ योजना – News Nepal Media
Trend

भेरी नगरपालिका –१३ कुदुका बासिन्दाले खानेपानीसहित सिँचाइ सुविधा पाउने भएका छन् । यहाँ एकै पटक तीनवटा लिप्ट सिँचाइ योजना निर्माणको अन्तिम चरणमा पुगेपछि कुदुवासीले असोजसम्ममा खानेपानी र सिँचाइ सुविधा पाउने भएका हुन् । असोजसम्म तीनै वटा योजना निर्माण गरिने लक्षका साथ काम भइरहेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

कुदुको ११० हेक्टरभन्दा बढी जमिनलाई सिँचाइ पुग्ने उहाँले बताउनुभयो । भेरी नदीको पानीलाई लिप्टमार्फत कुदुमा ल्याई यहाँ १२ महिना सेवा प्रवाह गर्न लागिएको छ । पहिलो लिप्ट रु ८९ लाखको लागतमा, दोस्रो रु एक करोड तीन लाखको लागतमा र तेस्रो रु ९० लाखको लागतमा निर्माण भइरहेको छ ।

लामो समयदेखि सुक्खा र खडेरीले पिउने पानीको समस्या झेल्दै आएको कुदुमा तीन वटा लिप्ट सिँचाइ योजना निर्माण भए पश्चात् प्रर्याप्त सिँचाइ गर्नलाई पानी पुग्ने बताइएको छ । एकसय दश हेक्टर जमिनमा भेरीको पानीबाट प्रर्याप्त सिँचाइ पु¥याउन सकिएमा यहाँको जमिनलाई खाद्यान्न उत्पादनमा प्रयोग गर्न सकिने भएको छ । भेरीको पानीले सिँचाइ गरेर धान, गहुँलगायत अन्नबाली र व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी हुने स्थानीयवासी शेरबहादुर बस्नेतले बताउनुभयो ।

कुदुको विशाल फाँटलाई अन्न उत्पादनको रुपमा प्रयोग गरी जिल्लालाई नै सहयोग पुग्ने खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले जानकारी दिनुभयो । जिल्लाको ठूलो फाँटमध्ये यो एक रहेको छ । अहिले पानीको अभावमा यहाँका बासिन्दाले आकाशे पानीको भरमा मकैबाली लगाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP