बिहिबार , बैसाख ४, २०८२
मन्त्रीको भागबण्डामा सबैलाई समेटेर सरकारमा जाने सांसद खतिवडाको जिकिर – News Nepal Media
Trend

प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले काम गर्ने अवसर सबैले पाउनुपर्ने बताएका छन्। उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीमा न्याय पद्धतिको विकास हुने उल्लेख गर्दै यस्तो भनेका हुन्।

नेपाली कांग्रेसका नेता खतिवडाले सबैलाई समेटेर जाने बताउँदै मन्त्रि बन्ने धेरै सांसदको इच्छा रहेको उल्लेख गरे। उनले भने, ‘धेरै मेहेनतका साथ साथीहरुले आफ्नो निर्वाचन क्षेत्रमा विजय प्राप्त गर्नुभएको छ। आफ्नो निर्वाचन क्षेत्रमा मन्त्रि बनेर जाने इच्छा सबैलाई होला। तर यस विषयमा पार्टी भित्र अझै छलफल हुँदै छ। ‘

सरकारमा १० दलबाट एकएक-दुईदुई जना मन्त्रि बन्ने सम्भावना रहेको छ। जसमा एकीकृत समाजवादीबाट दुई जना मन्त्रि बन्ने निश्चित छ। यस्तै जसपाबाट दुई जना, अन्य मधेशवादी तर्फ बाट एकएक जना, नेपाल समाजवादी पार्टीबाट एक जना मन्त्रि बन्ने छन्।

यस्तैगरी रास्वपाबाट एक जना र कांग्रेसबाट ८ जना मन्त्रिको भागबण्डा गरिंदै गरेको समेत सांसद खतिवडाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक


TOP