कागेश्वरी–मनोहरा नगरपालिकाः नेपाली कांग्रेस तर्फबाट उपमेयरमा दिनेश अर्यालको दावी – News Nepal Media
Trend

कागेश्वरी–मनोहरा नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसको तर्फबाट दिनेश अर्यालले उम्मेद्वारी दावी गरेका छन् । विगतमा नेपाली कांग्रसका क्षेत्रिय प्रतिनिधि समेत रहिसकेका अर्यालले गठबन्धनको प्रयास भईरहँदा उपमेयरमा आफ्नो उम्मेदवारी दिएका हुन् ।

साविक गागलफेदी १ को इकाई सचिव तथा नेपाली कांग्रेस कागेश्वरी-मनोहरा नगर कार्यसमितिको सचिवको जिम्मेवारी समेत निर्वाह गरिसकेका अर्यालले यस पटक उपमेयरमा दावेदारी दिएका छन् ।

साथै पछिल्लो समय राजनितिमा सक्रिय रहेका अर्याल २०२२ मा जेसिज मनोहराको अध्यक्ष समेत रहिसकेका छन् । विकासका लागि सुशासन र यवा नेतृत्व आवश्यक रहेको बताउँदै अर्यालले कागेश्वरी–मनोहरामा कला संस्कृतिको संरक्षण प्रवर्द्धन गर्नुपर्छ भनि आश्वासन दिएका छन् ।

त्यस्तै अर्यालले मानव विकास सूचकाङ्कमा विकास गर्दै आधुनिक र समृद्ध नगर बनाउने आफ्नो योजना समेत रहेको बताए । नगरपालिकामा शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयमा गहन अध्ययन गरी समस्या समाधानका लागि काम गर्ने बताउँदै उनले आफुले नगरको विकासमा इमानदारीतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताएका छन् ।

अर्यालले नगरको विकासको लागि राम्रो उम्मेदवारको आवश्यक रहेको बताउँदै आमनगरवासीले आफूलाई जिताउने विश्वास समेत ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

१० महिनादेखि छोरीको शव मलेसियामा, बेचैन छिन् ७० वर्षीया आमा

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै


TOP