घरमा राखिएको पेट्रोल खाँदा २१ महिने बालकको मृत्यु – News Nepal Media
Trend

दोलखामा २१ महिने बालकले पेट्रोल खाँदा मृत्यु भएको छ। दोलखाको कालिञ्चोक गाउँपालिका ३, सिंगटीमा व्यवसाय गर्दै आएका मुरारी सेढाईका २१ महिने छोरा सक्षमको बुधबार पेट्रोल खाँदा मृत्यु भएको हो।

सक्षमले मोटरसाइकलमा हाल्नको लागि घरभित्र राखिएको पेट्रोल खाएका थिए। पेट्रोल खाएका सक्षमलाई सिंगटीमा उपचार हुन नसकेपछि दोलखाबाट धुलिखेल अस्पताल ल्याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बालकले मोटरसाइकलमा हाल्नको लागि ल्याइएको पेट्रोल खाएर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP