इलाम–१ मा मतगणना सुरु हुन सकेन – News Nepal Media
Trend

इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ । कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको हो ।

राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ । अब सर्वदलीय बैठक बसेर निर्णय गरिने बताइएको छ । सर्वदलीय बैठक केहीबेरमा सुरु हुने जनाइएको छ ।

हिजो राति ८ बजेपछिबाट परिणामसमेत सार्वजनिक भएको छैन । सो मत परिणाममा पनि पूर्वप्रधानमन्त्री झलनाथ खनाल पछि पर्नुभएको छ । उहाँलाई एमालेका उम्मेदवार महेश बस्नेतले पछि पार्नुभएको हो । बस्नेतले दश हजार दुई सय ८७ मत प्राप्त गर्नुभएको छ भने खनालले आठ हजार सात ८० मत प्राप्त पाउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP