बुधबार , जेठ १५, २०८२
नवलपुरको चारवटै प्रदेशसभामा एमाले अगाडि – News Nepal Media
Trend

चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का चारै स्थानमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसार नवलपुरको क्षेत्र नं १ को प्रदेशसभा (१)मा एमालेका रवीन्द्र अधिकारी, क्षेत्र नं १ को प्रदेशसभा (२) मा एमालेका रोशनबहादुर गाहामगर तथा नवलपुर क्षेत्र नं २ को प्रदेशसभा (१) मा एमालेका पद्मा जिसी र क्षेत्र नं २ को प्रदेशसभा (२) मा एमालेका लक्ष्मणबहादुर पाण्डेको अग्रता छ ।

नवलपुर क्षेत्र नं १ को प्रदेश (१) मा एमालेका रवीन्द्र अधिकारीले छ हजार दुई सय १३ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार महेन्द्रध्वज जिसीले छ हजार एक सय ५२ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सन्तोष थापाले दुई हजार एक सय १८ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं १ को प्रदेशसभा (२) मा एमालेकै रोहनबहादुर गाहामगरले सात हजार ६८ मत प्राप्त गर्दा उहाँलाई छ हजार दुई सय ६३ मतसहित नेकपा (माओवादी केन्द्र)का लोकप्रसाद भुर्तेलले पछ्याइरहनुभएको छ । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रामनाथ उप्रेती एक हजार छ सय ५८ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

नवलपुरको क्षेत्र नं २ को प्रदेशसभा (१) मा एमालेकी पद्मा जिसी १४ हजार छ सय ९५ मतसहित अग्रस्थानमा हुनुहुन्छ । यहाँ १० हजार नौ सय ४६ मतसहित माओवादी केन्द्रका उम्मेदवार सौगमकुमार सिरपाली विकले जिसीलाई पछ्याउनुभएको छ । यस प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नुनबहादुर आलेमगरले दुई हजार सात सय ४१ मतसहित तेस्रो स्थानमा रहनुभएको भुसालले बताउनुभयो ।

नवलपुरको क्षेत्र नं २ को प्रदेशसभा (२) मा एमालेकै लक्ष्मणबहादुर पाण्डे १३ हजार चार सय १४ मतसहित अगाडि हुनुहुन्छ । उहाँका निकटतम् प्रतिस्पर्धीका रूपमा यस क्षेत्रमा १० हजार एक सय ६१ मतसहित नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार गोपालप्रसाद खनाल रहनुभएको छ । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका भोजबहादुर थापा तीन हजार आठ सय २१ मतसहित तेस्रो स्थानमा रहनुभएको छ । जिल्लाको क्षेत्र नं १ मा ८५ हजार तीन सय ९९ तथा क्षेत्र नं २ मा ८७ हजार तीन सय ८२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP