शुक्रबार , बैसाख ५, २०८२
काठमाडौँ–६ : शिशिरको अग्रता कायमै – News Nepal Media
Trend

काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायम राख्नुभएको छ ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केहीबेर अगाडि २४ हजार एक सय ४८ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार खनालले आठ हजार आठ सय ७५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सम्झना खनालले राससलाई जानकारी दिनुभयो ।

यस्तै दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले पाँच हजार तीन सय ४२ मत प्राप्त गर्नुभएको छ भने तेस्रोमा नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले पाँच हजार तीन सय १० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत खनालले बताउनुभयो ।

काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । जसमा १३ विभिन्न राजनीतिक दल र ११ स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौँको बागबजारबाट गोँगबु हुँदै काभ्रेस्थलीसम्म फैलिएको क्षेत्रमा ३२ स्थानका ७५ मतदान केन्द्रमा मतदान भएको थियो । कूल ६२ हजार एक सय दुई मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३९ हजार ६६ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक


TOP