
नेपाली सुनचाँदी बजारमा फेरि सुनको मूल्य बढेको छ। बिहीबार सुनको तोलामा १ हजार २ सयले बढेको हो। आज छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजावी सुनको मूल्य एक लाख ८ हजार ५ सय रुपयाँमा कारोबार भइरहेको छ। यसअघि छापावल सुन प्रतितोला १ लाख ७ हजार ८ सय, तेजावी सुन १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।


आज सुनचाँदी बजारमा चाँदीको २५ रुपैयाँले बढेको छ । बिहिबार १ हजार ३६० रुपैयाँ पुगेको छ।