आइतबार , जेठ १२, २०८२
साताको अन्तिम दिन सेयरबजारमा नेप्से लाग्यो ओरालो – News Nepal Media
Trend

आज सेयर बजारमा नेप्से परिसूचक १८.१५ अंकले घटेको छ। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा बन्द भएको हो।

आज ४३ लाख ४० हजार २ सय ७० कित्ता सेयरको खरिदबिक्री हुँदा बजारमा १ अर्ब ४१ करोड ३१ लाख ७२ हजार ८०२ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँ बराबरको कारोबार भएको थियो।

बिहिबार भएको कारोबारमा माया खोला हाइड्रोपावर कम्पनीले सर्वाधिक नाफा कमाएको छ । यस्तै सर्वाधिक घाटा खानेमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेका छ ।

उपसमूहतर्फ रहने १३ वटै समूहको शेयर मूल्य घटेको छ । त्यस्तै, एनआईसी एशिया बैंकले २१ करोड ७४ लाख ६४ हजार ८६८ रुपैयाँ बराबरको कारोबारका साथ शीर्ष स्थान कायम गरेको छ ।

बिहीबार बजार पूँजीकरण भने २७ खर्ब ७० अर्ब रुपैयाँ रहेको छ । यसअघि बजार पूँजीकारण २७ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP