शुक्रबार , बैसाख ५, २०८२
छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित पक्राउ – News Nepal Media
Trend

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४४ केजीसहित कैलाश गाउँपालिका-९ नामटार बस्ने ३० वर्षीय शुबचन्द्र भोम्जनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले चितवनबाट पूर्व राजबिराजतर्फ जाँदै गरेको ना.६ ख ३०२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी ट्रक चालक भोम्जनलाई पक्राउ गरेको हो ।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका-६ ऐठपुर शिवटोल डेरा गरी बस्ने डडेलधुरा आलिताल गाउँपालिका-५ घर भएकी २२ वर्षीया सिमा थापा मगर र २२ वर्षीय राजु बोहरालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ मिलिग्रामसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई विशेष सूचनाको आधारमा नेपाल प्रदेश प्रहरी कार्यालय लागूऔषध नियन्त्रण सेल महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यता सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ छतौनि बस्ने ४१ वर्षीय भोला यादवलाई अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हनुमाननगर र बिओपी पोष्ट बर्साईन टिकुलियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

उता झापाको मेचिनगर नगरपालिका-६ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित सोही नगरपालिका-७ राधा कृष्ण टोल बस्ने ५० वर्षीया जमुना राजवंशीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तैगरी सर्लाहीको पर्सा गाउँपालिका-३ नारायणपुरबाट अवैध लागूऔषध गाँजा ९ केजी ७ सय ग्राम बिहीबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी नारायणपुरबाट खटिएको गस्ति टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिले बोरा फाली फरार भएपश्चात बोरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

अहिले उनीहरुलाई थुनामा राखी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP