
कावासोती,नवलपुरको कावासोती १६ मा जारी आठौ नवलपुर महोत्सवमा फागुन १५ गते परेको मगर दिवसको अवसरमा मगर समुदायहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको नवलपुर उद्योग बाणिज्य संघ सचिवालयले जनाएको छ ।
फागुन १५ गते परेको ४३ औ मगर दिवसको अवसरमा आठौ नवलपुर महोत्सवमा मगर समुदायको एकता दिवसमा मगरसमुदायको भेष भुषमा महोत्सव अवलोकन गर्न आउनेहरुलाई निःशुल्क प्रवेश दिन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् आठौ नवलपुर महोत्सव २०८१ मुल आयोजक समिति संयोजक बैकुण्ठ प्रसाद अर्यालले जानकारी दिनुभयो ।


अर्यालका अनुसार उद्योग वाणिज्य संघले महोत्सव मार्फत विभिन्न जातजातिको भाषा, कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने भएकोले फागुन १५ गते मगर एकता दिवसको अवसरमा मगर भेषभुसामा सजिएर महोत्सव अवलोकन गर्न आउने दर्शक मानुभावहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको वताउनुभयो ।
आठौ नवलपुर महोत्सव फागुन १७ गते सम्म कावासोती १६ डण्डामा संचालनमा रहेको छ । महोत्सवमा दिपक वज्र्रचार्य, रचना रिमाल, दुर्गेश थापा, ज्योती मगर, बद्री पंगेनी, रिता थापा मगर, श्याम रानाहरुको प्रस्तुति रहेको थियो भने युवा समुदायको मागलाई मध्य नजर गर्दै र्यापर माईलो, लाहुरे लगायतको प्रस्तुति रहने आयोजकको भनाई रहेकोछ । फागुन १३ गते गायिका भुमिका गिरि, जीवन परियार लगायतकाे प्रस्तुति रहनेछ । त्यस्तै फागुन १४ गते र्यापर माईलाे , फागुन १५ गते र्यापर जि वव् काे प्रस्तुति रहने अायाेजकले जनाएकाे छ ।