तनहुँमा दलित समुदायका दुई उपप्रमुख – News Nepal Media
Trend

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत शुक्लागण्डकी र भानु नगरपालिकाको उपप्रमुख पदमा दलित समुदायबाट विजयी भएका छन् ।

जिल्लाको १० पालिकामध्ये शुक्लागण्डकीमा खुमबहादुर विक र भानुमा उमा गोतमे सो पदमा निर्वाचित हुनुभएको हो । विक नेकपा (माओवादी केन्द्र) र गोतमे नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको हो ।

यसैबीच जिल्लामा मतगणना सम्पन्न भइसके पनि अझै चार पालिकाले सम्बन्धित निकायमा मतपत्र बुझाएका छैनन् । देवघाट, घिरिङ, शुक्लागण्डकी र व्यास नगरपालिको मतपत्र नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

ऋषिङ, आँबुखैरेनी, भानु, भिमाद, बन्दीपुर र म्याग्दे गाउँपालिकाले मतपत्र बुझाइसकेको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिनुभयो । मतगणनापश्चात छ महिनासम्म मतपत्र सुरक्षित राख्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “उक्त अवधिभित्र मुद्दा नपरेपछि मात्रै व्यवस्थित गरिनेछ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP