धरानका नवनिर्वाचित प्रमुख हर्कराज साम्पाङले गरे शपथ ग्रहण – News Nepal Media
Trend

सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुखमा स्वतन्त्र तर्फबाट नवनिर्वाचित हर्कराज साम्पाङ राईले आज शपथ ग्रहण गरेका छन्। राईलाई सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले शपथ ग्रहण गराएका हुन् ।

सामाजिक अभियन्ताबाट राजनीतिमा छिरेका साम्पाङले धरानको चुनावी राजनीतिक इतिहासलाई परिवर्तन गरि एमाले, कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन दलका उम्मेदवारलाई पराजित गरेका छन्। पछिल्लो समय २०७९ सालको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरुको चर्चा भैरहँदा साम्पाङले पनि प्रसिद्धता कमाएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP