शुक्रबार , बैसाख ५, २०८२
काभ्रेका चार प्रदेशसभामा गठबन्धन विजयी – News Nepal Media
Trend

काभ्रेपलाञ्चोक जिल्लाका चार वटै प्रदेशसभामा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।

प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रत्नप्रसाद ढकाल विजयी हुनुभएको छ । ढकालले २० हजार ७२० मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दिलबहादुर तामाङले ११ हजार २७८ मत प्राप्त गर्नुभयो ।

यस्तै सोही प्रतिनिधिसभा क्षेत्रको प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका तीर्थ लामा तीन मतले विजयी हुनुभएको छ । उहाँले १९ हजार दुई सय ८० मतसहित जित हासिल गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी एमालेका चन्द्र लामाले १९ हजार २७७ मत प्राप्त गर्नुभयो ।

यसैगरी प्रतिनिधिसभा २ नं प्रदेशसभा १ गठबन्धनका उम्मेदवार (एकीकृत समाजवादी)का लक्ष्मण लम्सालले १९ हजार ४०८ मत प्राप्त गर्नुभयो । मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेलले १९ हजार २२० मत प्राप्त गर्नुभयो ।

सोही निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा २ मा कांग्रेसका कञ्चनचन्द्र वादे श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले २६ हजार ३५ मत प्राप्त गर्नुभयो भने एमालेका कुमार थापाले २१ हजार ९५७ मत प्राप्त गर्नुभयो ।

प्रतिनिधिसभा-१ प्रदेशसभा १ बाट निर्वाचित ढकाल र प्रतिनिधिसभा-२ प्रदेशसभा १ बाट निर्वाचित लम्साल यसअघि पनि बागमती प्रदेशसभाको सदस्य हुनुहुन्थ्यो । ढकाल प्रदेशको युवा तथा खेलकूद मन्त्रीसमेत हुनुहुन्छ । जिल्लामा एक लाख ८६ हजार नौ सय ३५ ले मतदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP