सर्लाही–३ (१)मा कुशवाहा र (२) मा यादव विजयी – News Nepal Media
Trend

सर्लाही निर्वाचन क्षेत्र नं ३ (१) मा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार जवाहरलाल कुशवाहा विजयी हुनुभएको छ । सोह्र हजार पाँच सय ९१ मतसहति कुशवाहाले जित निकाल्दा निकटतम् प्रतद्विन्द्वी नेकपा (एमाले)का गणेशप्रसाद प्रसाईँले १५ हजार एक सय ६६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै सर्लाही ३(२) प्रदेशसभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सञ्जयकुमार यादव पुनः विजयी हुनुभएको छ । यसै प्रदेशसभाबाट निवर्तमान प्रदेशसभा सदस्यसमेत रहनुभएका उहाँले १३ हजार एक सय ९० मत प्राप्त गरी विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सरोजकुमार रायले आठ हजार तीन सय ४८ मतमात्र प्राप्त गर्नुभएको निर्वाचन अधिकृत वशिष्टकुमार घिमिरेले बताउनुभयो । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार हरेसप्रसाद महतोले आठ हजार ३५ मत प्राप्त गर्नुभएको छ । जिल्लामा तीन प्रतिनिधिसभा र सात प्रदेशसभा सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP