मुगुमा कांग्रेसका शाहीको अग्रता कायमै – News Nepal Media
Trend

मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसका उम्मेदवार ऐनबहादुर शाहीले पाँच हजार सात सय ८२ मत प्राप्त गर्नुभएको छ ।

जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार नेकपा (एमाले) का उम्मेदवार राजबहादुर कार्कीले चार हजार पाँच सय २० मत प्राप्त गर्नुभएको छ । शाही र कार्कीबीच एक हजार दुई सय ६२ मतान्तर रहेको छ ।

त्यस्तै प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्लले एक हजार नौ सय नौ तथा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का गोपालबहादुर बमले एक हजार सात सय चार मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा (२) मा एमालेका कर्णबहादुर मल्लले एक हजार तीन सय ५० र नेकपा ( माओवादी केन्द्र) का मङ्गलबहादुर शाहीले एक हजार सात सय १७ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

१० महिनादेखि छोरीको शव मलेसियामा, बेचैन छिन् ७० वर्षीया आमा


TOP