
सुर्खेतमा टिपरले च्यापिएर एक चालकको मृत्यु भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका- १ मा सडक निर्माणको क्रममा ढुंगा बोकेको टिपर पल्टिँदा मृत्यु भएको जनाइएको छ।
मृत्यु हुने वीरेन्द्रनगर नपा- २ टेम्पोपार्क बस्ने चालक २२ वर्षीय उमेश विक रहेका छन्। बाँगेसिमलदेखि ल्याण्डफिल्ड साइटतिर जाँदै गरेको भे १ ख २२०५ नम्बरको टिपर सडक किनारामा पल्टिएको थियो।


जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले दिएको जानकारी अनुसार ढुंगा झार्ने क्रममा टिपर अनियन्त्रित हुँदा चालक उमेश च्यापिएको हुन्।