शुक्रबार , बैसाख ५, २०८२
नेप्से परिसूचक ५९ दशमलव ८७ अंकले बढ्यो, झण्डै ४ अर्बको कारोबार – News Nepal Media
Trend

नयाँ सरकार गठन भएपछि सोमबारबाट उकालो लागेको पुँजीबजारले आज पनि निरन्तरता पाएको छ । मङ्गलबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ५९ दशमलव ८७ अंकले बढेर एक हजार नौ सय ८३ दशमलव ९५ अंकमा कायम भएको हो ।

आज दुई सय ६१ वटा कम्पनीको एक करोड २० लाख २९ हजार छ सय तीन कित्ता सेयर ६३ हजार ६७ पटक खरिद–बिक्री हुँदा रु तीन अर्ब ८८ करोड ४३ लाख ९७ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा दुई सय दुई वटा कम्पनीको शेयर मूल्य बढेको छ भने जम्मा आठ वटा कम्पनीको मूल्य मात्रै घटेको छ । सबै समूहका उपसूचकहरु हरियो देखिएका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक तीन सय ७२ दशमलव २१ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको उपसूचक दुई सय ८३ दशमलव ४२, होटल तथा पर्यटन समूहको उपसूचक एक सय १७ दशमलव ०१, विकास बैंक समूहको उपसूचक सय दशमलव ३९ र जलविद्युत् समूहको उपसूचक ९५ दशमलव ३५ अंकले बढेको छ ।

आज बैंकिङ समूहको उपसूचक ३५ दशमलव ०७, वित्त समूहको उपसूचक ६७ दशमलव ७३, लगानी समूहको उपसूचक तीन दशमलव ६८, उत्पादन समूहको उपसूचक ७२ दशमलव ३७, लघुवित्त समूहको उपसूचक ५५ दशमलव ५६ र अन्य समूहको उपसूचक ३७ दशमलव ०२ अंकले बढेको छ ।

आजको कारोबारमा सिद्धार्थ इन्स्योरेन्स लिमिटेड, मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेड, अजोड इन्स्योरेन्स लिमिटेड, सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आजको कारोबारमा लक्ष्मी बैंक लिमिटेडको सबैभन्दा धेरै रु २० करोड ९४ लाख ९० हजार पाँच सय नौ बराबरको १० लाख ७० हजार पाँच सय ९९ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP