शुक्रबार , बैसाख ५, २०८२
शंखरापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु – News Nepal Media
Trend

काठमाडौं शंखरापुर नगरपालिका-१ तल्लो नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय राम बहादुर तामाङ रहेका छन् ।

आइतबार साँझ ५ बजे जरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो । उक्त दुर्घटनाबात गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो।

यस्तै पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा घाइते भएका चालक शंखरापुर नगरपालिका ३ का १५ वर्षीय राजेन्द्र तामाङको उपचार शंखरापुर अस्पतालमा भइरहेको प्रहरी चौकी नाङ्लेभारेले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP