शुक्रबार , जेठ १७, २०८२
खर्च कटौती गरिने – News Nepal Media
Trend

बाँकेको डुडुवा गाउँपालिकाले खर्च कटौती गर्ने भएको छ । गाउँपालिकाको आन्तरिक स्रोत कमजोर भएको जनाउँदै कार्यसम्पादन क्षमता कमजोर भएका करार कर्मचारीको कटौती गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले जानकारी दिनुभयो ।

“विभिन्न कर्मचारीमध्ये कार्यसम्पादन क्षमता कमजोर भएका केही कर्मचारीको सम्झौता अन्त्य गर्ने नीतिगत निर्णय भएको हो”, उहाँले भन्नुभयो । निर्वाचित भएपछि कार्यभार सम्हाल्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको आर्थिकभार कम गर्न खर्च कटौती गर्ने नीतिगत निर्णय भएको जानकारी दिनुभयो । उहाँले खर्च कटौतीसँगै गाउँपालिकाको आन्तरिक स्रोत वृद्धिका लागि आवश्यक पहल गर्ने उल्लेख गर्दै जनताको जीवनस्तर माथि उकास्न पहिलो प्राथमिकता दिने जानकारीदिनुभयो ।

अध्यक्ष चौधरीले गाउँपालिकाले सेवाको गुणस्तरीयता तथा प्रभावकारी सेवा प्रवाहमा कन्जुस्याइँ नगर्ने स्पष्ट पार्नुभयो । गत वैशाख ३० गते सम्पन्न निर्वाचन अन्तर्गत उहाँ दोस्रो कार्यकालका लागि सो पदमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP