शुक्रबार , बैसाख ५, २०८२
मोरङमा अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ – News Nepal Media
Trend

मोरङको रंगेली नगरपालिका-२ चेका खोलास्थित बाँसघारीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजीसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत अररिया ठिङ्गापुर पञ्चायत-६ कुवाडी बस्ने २९ वर्षीय दिपक झा र भारत अररिया हाँसा पञ्चायत बस्ने ३० वर्षीय सिन्टुक कुमार सिंह रहेका छन् ।

प्रहरी चौकी अमाहिवरियाती र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा रंगेली नगरपालिका-३ रंजनी बस्ने ४६ वर्षीय वीर बहादुर कार्कीको घर नजिक रहेको बाँसघारीमा लुकाई राखेको अवैध लागूऔषध गाँजा करिब ८४ केजी फेला पारी वीर बाहदुर कार्की, भारत कुटहरा बस्ने २४ वर्षीय प्रबिण पासवान र भारत कटापुर बस्ने २४ वर्षीय बिष्णु कान्त मिश्र समेतलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त विषयको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP