काठमाडौँको माईतिघरमा चीनबिरुद्द प्रदर्शन – News Nepal Media
Trend

चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।हुम्लामा चीनले नेपाली सीमामा अतिक्रमण गरेको भन्दै संघले मंगलबार काठमाडौंको माइतिघरमा बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएकाहरुले चीनद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर हुम्ला जिल्लामा रहेको १२ नवर पिलर सार्न पाइदैन लगाएतका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

त्यस्तै उनीहरुले नेपाल–चीन सीमाबारे लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गठन गरेको समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ । लोसपा युवा अध्यक्ष मुकेश कुमार झाले चीनले नेपाली भूमि अतिक्रमण गर्दा पनि सरकार मौन रहेको भन्दै बिरोध प्रदर्शन गरिएको जानकारी दिनुभयो । त्यस्तै उहाले चीनमा एविबिएस गरेका बिद्यार्थीहरुलाई नेपालमा इन्र्टनशिल गराउनुपर्ने माग राखिएको बताउनुभयो ।

संघले नेपालको सिमा रक्षाका लागि निरन्तर खवरदारी गर्ने जनाएको छ । चीन र नेपालको सीमा भएको बिषयमा अध्ययन गर्न सरकारले बनाएको समितिले पनि गृहमन्त्रीलाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ ।

अर्को तर्फ नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विद्यार्थी संगठनले लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय उठाउनुपर्ने बताएका छन् ।सोमबार भक्तरपुरको सल्लाघारीमा पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को वागमती प्रदेश स्तरीय भेलामा उनले विद्यार्थी संगठनले राष्ट्रियताको मुद्दा उठाउनुपर्ने बताए । ‘लिपुलेक, लिम्पियाधुरा र कालापनीका समस्या उठाउनु विद्यार्थी संगठनहरुको कर्तव्य र दायित्व हो’ उनले भने ।कार्यक्रममा माओवादी क्रेन्द्रका नेता हितमान शाक्य, नारायण दाहाल र दिलिप प्रजापति, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने, रत्न ढकाल, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, महासचिव उत्तम अधिकारीलगायतका नेताले सम्बोधन गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

१० महिनादेखि छोरीको शव मलेसियामा, बेचैन छिन् ७० वर्षीया आमा

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै


TOP