शुक्रबार , बैसाख ५, २०८२
तीन सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा – News Nepal Media
Trend

मध्यपुर थिमि नगरपालिकाले आज एकै दिन तीन वटा सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको कार्यकाल सुरु भएको सय दिन पुगेको अवसरमा नौ वटा वडामध्ये हेल्थपोष्ट नभएका वडा नं २, ३ र ५ मा ती क्लिनिक सञ्चालनमा ल्याइएको हो ।
सञ्चालित सहरी क्लिनिक वडा नं २ को सानो थिमिस्थित नाट्श्वरी बहुउद्देश्य भवन, वडा नं ३ को वडा कार्यालय भवन कौशलटार र वडा नं ५ को भुँलाखेलमा रहेका छन् ।

क्लिनिकबाट गर्भवती, सामान्य बिरामी जाँच, घाउ खटिराको चिरफार र ड्रेसिङ, परिवार नियोजनका अस्थायी साधनको वितरण, सरकारद्धारा तोकिएका औषधिको निःशुल्क वितरण जस्ता सेवा प्रवाह
हुनेछ । क्लिनिकमा जनस्वास्थ्य निरीक्षक अघिकृत तहको नेतृत्वमा हाललाई स्वास्थ्य सहायक र अनमी गरी तीनजना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । नगरभित्रका हेल्थपोष्टमा भएका स्वास्थ्यकर्मीबाट सहरी क्लिनिकको जनशक्ति व्यवस्थापन गरिएको हो ।

छिट्टै मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालका दक्ष चिकित्सक, एमबिबिएस डाकटर र नर्सको व्यवस्थापन गरी क्लिनिकको सेवा विस्तार गरिने नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले पद बहाली भएको एक सय दिनको उपलब्धिका रुपमा जनताको आधारभूत अधिकार र मौलिक अधिकारभित्र रहेको स्वास्थ्य अधिकारलाई प्रत्याभूति दिने उद्देश्यले नगरपालिकाले हेल्थ पोष्ट नभएका वडामा सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको बताउनुभयो ।

“जनताको स्वास्थ्यप्रति नगरपालिका सदैव सचेत छ । जनतालाई घरदैलोमा नै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने चुनावी वाचा पूरा गर्ने उद्देश्यले पनि क्लिनिक सञ्चालनमा ल्याएका हौँ,” उहाँले भन्नुभयो । नगरप्रमुख सुरेन्द्र श्रेष्ठले निर्वाचनमा जनता समक्ष गरेको वाचा र प्रतिबद्धता पूरा गर्ने एक खुड्किलोको रुपमा सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले कार्यकालको सय दिन नपुग्दै हालै नगरका ५ र ७ वडाका पाँच सय १९ परिवारलाई स्वबासी जग्गाको धनीपुर्जा वितरण गरेको, चार वटा ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएको र त्यसमा आवश्यक नीति र कार्यविधि निर्माण भइरहेको, आगामी पुसमा नगरसभा बैठक आयोजना गरी थप नीति, नियम र ऐन निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

मध्यपुरथिमि वडा नं २ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले क्लिनिक सञ्चालनमा आएसँगै वडाका सर्वसाधारणको स्वास्थ्यमा पहुँच वृद्धि हुने बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका र न्यूनआय भएका स्थानीयवासीलाई क्लिनिकबाट प्रवाह हुने निःशुल्क सेवाले लाभ प्रदान गर्ने तथा आर्थिक अभावकै कारण कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुने दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने


TOP