सोमबार , जेठ १३, २०८२
‘एपकम कम्युनिटी अली हिरो अवार्ड २०२२’ बाट सिटौला सम्मानित – News Nepal Media
Trend

नेपाल परिवार नियोजन सङ्घकी पैरवी अधिकृत जमुना सिटौला ‘एपकम कम्युनिटी अली हिरो अवार्ड २०२२’बाट सम्मानित हुनुभएको छ ।

एपकम एसिया प्यासिफिक क्षेत्रमा लैङ्गिक समानता, एचआइभी तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुको अधिकारका क्षेत्रमा कार्यरत थाइल्यान्डस्थित अन्तर्राष्ट्रि«य संस्था हो ।

यौन तथा प्रजनन, लैङ्गिक समानता, सुरक्षित गर्भपतन सेवा, बृहत् यौनिकता शिक्षामा सबैको पहुँच, एचआइभी तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सेवा र अधिकारका क्षेत्रमा लामो समयदेखि पैरवी अभियानमा आबद्ध भई सेवा पु¥याएबापत उहाँलाई सो अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो । उहाँ सङ्घमा दुई शतकभन्दा बढीदेखि कार्यरत हुनुहुन्छ ।

एपकमले सो सम्मान छ वर्षदेखि निरन्तर विभिन्न विधामा प्रदान गर्दै आइरहेको छ । यस वर्ष सो संस्थाले नेपालबाट सङ्घले समुदाय तथा राष्ट्रिय स्तरमा गरेको पैरवीको मूल्याङ्कन गर्दै यो सम्मान गरिएको जनाएको छ ।

सङ्घका ८८ प्रतिशत सेवाग्राही सीमान्तकृत र जोखिम समुदायका रहेको र सो समुदायको सेवा र अधिकारको सुनिश्चितताका लागि सङ्घले निरन्तर पैरवी गरिरहेको छ । सङ्घले पछिल्लो समय यौनिक अल्पसङ्ख्यकहरुका लागि देशमै पहिलो पटक गैरसरकारी निकायबाट हर्मोनल थेरापी तथा लेजर सेवा सञ्चालन गर्दै आएको छ ।

साथै बृहत् यौनिकता शिक्षा र सुरक्षित गर्भपतन सेवामा नीतिगत सुधार गर्न सफल साथै वैवाहिक समानतामा पैरवीको सुरुआत गर्दै सोको नीतिपत्र निर्माण गरी नीतिगत सुधार गर्न पनि पैरवी गर्दै आइरहेको छ । यसैलाई एपकमले मूल्याङ्कनको मुख्य आधारहरु बनाएको जनाएको छ ।

यस वर्ष सो सम्मानबाट पाकिस्तान, भूटान, श्रीलङ्का, थाइल्यान्ड, हङकङ, फिलिपिन्स, भियतनाम, मलेसियालगायत देशका विभिन्न व्यक्ति पनि सम्मानित हुनुभएको एपकमले जनाएको छ । सङ्घले अन्तर्राष्ट्रिय प्रतिष्ठित सो सम्मान प्राप्त गरेकामा पैरवी अधिकृत सिटौलाई बधाई एवं सम्मान अर्पण गर्ने संस्थालाई धन्यवादसमेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP