६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ – News Nepal Media
Trend

पाल्पामा ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना प्रहरीको हिरासतमा परेका छन्। बुधबार महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने रुपन्देही गैडहवा गाउँपालिका-६ घर भई पाल्पा तानसेन नगरपालिका-६ स्थित खानेपानि ट्याङ्की निर्माणको काम गरी बस्ने ५६ वर्षीय महताम लोध र रुपन्देही कोटहीमाई गाउँपालिका-२ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।

गत मंगलबार उनीहरूले ती महिललाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP