शुक्रबार , बैसाख ५, २०८२
प्रशासकीय अधिकृतसहित वडा अध्यक्ष परे अख्तियारको फन्दामा, ५० हजारको भ्रष्टाचार गरेको आरोप  – News Nepal Media
Trend

 

रुपन्देहीमा भ्रष्टाचार गरेको आरोपमा वडा अध्यक्ष सहित गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अख्तियारको फन्दामा परेका छन्। रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष भीम बहादुर यादव र प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीको मिलेमतोमा ५० हजारको भ्रष्टाचारको आरोप लागेको छ ।

उनीहरुले उत्खनन गरी घाटगद्दीमा रहेको नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग रु. ५० हजार माग गरेको सुचना तथा उजुरी निवेदनको आधारमा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता भोला दाहालले जानकारी दिए।

अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP