आसन्न उपनिर्वाचनको आयोगले तोक्यो निर्वाचन अधिकृत – News Nepal Media
Trend

आसन्न उपनिर्वाचनको लागि आयोगले मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ। न्याय परिषद्को परामर्शमा आयोगले चितवन क्षेत्र नं-२ का लागि न्यायाधीश वासुदेव न्यौपाने मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो।

यस्तै बारा क्षेत्र नं-२ का लागि न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं-१ का लागि कोमलप्रसाद आचार्य नियुक्त भएका छन् ।

उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ता हुनेछ । वैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्नुका साथै उक्त दिन बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP