शुक्रबार , बैसाख ५, २०८२
काठमाडौंमा अवैध लागूऔषधसहित २ भारतीय महिला प्रहरीको हिरासतमा – News Nepal Media
Trend

काठमाडौंमा अवैध लागूऔषधसहित २ जना भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई कोकिन ७ किलो ८ सय ८७ ग्रामसहित बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा भारतकी ४५ वर्षीया वह्लाल्लाव्मी र २९ वर्षीया एस्थेर ह्लालालिपुई रहेका छन् । उनीहरुलाई ईन्डिगो एयरलाईन्सको उडानद्वारा भारतको नयाँदिल्ली जान लागेकी वह्लाल्लाव्मीलाई बिमानस्थलको प्रस्थान कक्षको ब्यागेज चेकिङ गर्ने क्रममा पक्राउ गरिएको थियो।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले २ किलो ८ सय ८७ ग्राम कोकिन फेला पारी बरामद गरेको छ।

यस्तै लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित होटलबाट एस्थेर ह्लालालिपुईलाई ५ किलोग्राम कोकिनसहित फेला पारी पक्राउ गरेको हो ।

अहिले उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP