शुक्रबार , जेठ १७, २०८२
हावाहुरिले नवलपुरको १० घर र २ वटा विद्यालयमा क्षति – News Nepal Media
Trend

नवलपुर । नवलपुरमा गएरातिको हावाहुरीले आँप र सालका रुखहरु ढली १० वटा घर र २ वटा विद्यालयमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार क्षतिको संकलन कार्य भईरहेको छ । अहिलेसम्म प्राप्त क्षतिको विवरण अनुसार विनयी त्रिवेणी गाउँपालिका ५ मा ४ वटा घरमा क्षति पुगेको छ ।

त्यसैगरी मध्यविन्दु नगरपालिका ५ मा ४ वटा घरमा रुख ढली क्षति भएको छ भने देवचुली नगरपालिका ४ झाँक्रेमा सालको रुख ढली एउटा घरमा क्षति भएको छ ।

त्यसैगरी गैडाकोट १३ सिख्रौलीमा एउटा घरको छाना उडाएको छ ।
त्यस्तै मध्यविन्दु नगरपालिका १० नयाँ बेलहानीमा सरस्वती माविमा रुख ढलेर पर्खाल र भर्याङ भत्किएको छ भने कावासोती १७ को सरस्वती माविमै रुख ढलेर क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

त्यसैगरी ठाउँठाउँमा विजुलीको पोलमा रुख ढलेर क्षति पुर्याएका कारण विभिन्न स्थानमा हिजो राति देखि नै विद्युत अवरुद्ध भएको छ । आज नवलपुर खण्डमा सडक भने अवरुद्ध नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP