प्रधानमन्त्री देउवा चितवनमा – News Nepal Media
Trend

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आउनुभएको छ ।

नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन आउनुभएको हो ।

बिहान ११ः१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उहाँ चितवन आउनुभएको हो । प्रधानमान्त्री देउवाले आज चितवन कांग्रेसका जिल्ला नेता कार्यकर्ता भेट गर्दै हुनुहुन्छ । यससँगै दिउँसो १२ बजे विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने अभियानको समापन एवं सम्मान कार्यक्रममा सहभागी भएर दिउँसो २ बजे उहाँ काठमाडौँ फर्कने कार्यक्रम छ । उहाँसँगै गृहमन्त्री बालकृष्ण खाण पनि चितवन आउनुभएको

छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP