पुनरुत्थान हुँदै पर्यटन व्यवसाय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोरोना महामारीले बिथोलिएको पर्यटन व्यवसाय पुनरुत्थान हुन थालेको बताउनुभएको छ ।

आज यहाँ आयोजित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको समापन कार्यक्रममा उहाँले पछिल्लो तीन महिनाको तथ्याङ्क हेर्दा आशा गर्ने ठाँउ भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “पछिल्लो तीन वर्षदेखि प्रभावित पर्यटन व्यवसायको अहिले पुनरुत्थान हुँदैछ । सेप्टेम्बरदेखि नोभेम्बर महिनासम्मको तथ्याङ्क हेर्दा आशा गर्ने ठाँउ छ । कोरोना महामारीले असर पारेको पर्यटन व्यवसाय उठ्दै गएको छ”, उहाँले भन्नुभयो, “अहिलेको अवस्था हेर्दा अब हामी सन् २०२३ मा सन् २०१९ मा जस्तै १२ लाख पर्यटक भित्र्याउन सक्छौँ ।”

सन् २०२२ को एघार महिनामा पाँच लाख ४९ हजार विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । सचिव अधिकारीले पर्यटन प्रर्वद्धनका लागि रणनीतिक योजना महत्त्वपूर्ण भएको भन्दै उहाँले कार्ययोजना बनिरहेको जानकारी समेत दिनुभयो ।

“पर्यटन प्रवद्र्धनका लागि सरकारले २०२३ देखि २०३३ सम्मका लागि नेपाल भ्रमण दशकको घोषणा गर्दै छ । त्यसको कार्ययोजना तर्जुमा भइरहेको छ”, उहाँले भन्नुभयो ।

नेपाल पर्यटन बोर्डअन्र्तगत यूएनडीपीको सहयोगमा सञ्चालित ‘जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन’ परियोजनासँगको सहकार्यमा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले देशका सात वटै प्रदेशमा तालिम सञ्चालन गरेको थियो । तालिमले पर्यटन क्षेत्रमा भएको दक्ष जनशक्ति अभावलाई पूरा गरी पर्यटन व्यवसायलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन सहयोग गरेको सचिव अधिकारीको भनाइ छ ।

तालिम कार्यक्रममा सहभागी पर्यटन व्यवसायमा आबद्ध चार सय ३० प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । सो अवसरमा नाट्टा र नेपाल पर्यटन बोर्डले संयुक्तरूपमा प्रकाशन गरेको तालिम निर्देशिकासमेत विमोचन गरिएको थियो । पुनरुत्थान हुँदै पर्यटन व्यवसाय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय पुनरुत्थान हुन थालेको बताउनुभएको छ ।

आज यहाँ आयोजित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको समापन कार्यक्रममा उहाँले पछिल्लो तीन महिनाको तथ्याङ्क हेर्दा आशा गर्ने ठाँउ भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “पछिल्लो तीन वर्षदेखि प्रभावित पर्यटन व्यवसायको अहिले पुनरुत्थान हुँदैछ । सेप्टेम्बरदेखि नोभेम्बर महिनासम्मको तथ्याङ्क हेर्दा आशा गर्ने ठाँउ छ । कोरोना महामारीले असर पारेको पर्यटन व्यवसाय उठ्दै गएको छ”, उहाँले भन्नुभयो, “अहिलेको अवस्था हेर्दा अब हामी सन् २०२३ मा सन् २०१९ मा जस्तै १२ लाख पर्यटक भित्र्याउन सक्छौँ ।”

सन् २०२२ को एघार महिनामा पाँच लाख ४९ हजार विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । सचिव अधिकारीले पर्यटन प्रर्वद्धनका लागि रणनीतिक योजना महत्त्वपूर्ण भएको भन्दै उहाँले कार्ययोजना बनिरहेको जानकारी समेत दिनुभयो ।

“पर्यटन प्रवद्र्धनका लागि सरकारले २०२३ देखि २०३३ सम्मका लागि नेपाल भ्रमण दशकको घोषणा गर्दै छ । त्यसको कार्ययोजना तर्जुमा भइरहेको छ”, उहाँले भन्नुभयो ।

नेपाल पर्यटन बोर्डअन्र्तगत यूएनडीपीको सहयोगमा सञ्चालित ‘जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन’ परियोजनासँगको सहकार्यमा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले देशका सात वटै प्रदेशमा तालिम सञ्चालन गरेको थियो । तालिमले पर्यटन क्षेत्रमा भएको दक्ष जनशक्ति अभावलाई पूरा गरी पर्यटन व्यवसायलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन सहयोग गरेको सचिव अधिकारीको भनाइ छ ।

तालिम कार्यक्रममा सहभागी पर्यटन व्यवसायमा आबद्ध चार सय ३० प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । सो अवसरमा नाट्टा र नेपाल पर्यटन बोर्डले संयुक्तरूपमा प्रकाशन गरेको तालिम निर्देशिकासमेत विमोचन गरिएको थियो ।

Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *