
त्रिभुवन विश्वविद्यालयको विद्यार्थी संगठनहरु तथा स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघ (नेबि) विच विवाद भएको छ। स्ववियुले चुनावी प्रचारप्रसार गर्दै क्याम्पसहरुमा पुगिरहंदा नेबि संघ सँग विवादको बिषयमा छलफल कोठामै कुटाकुट परेको हो।
आन्तरिक विवादको कारण उक्त विवाद परेको बताइएको छ। साथै उनीहरु विच कुटाकुटको अवस्था सृजना भएको थियो। एक जना घाइते भएका छन्। नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघमा स्ववियु निर्वाचनलाई नै लिएर विवाद परेको थियो।

संस्थापन र इतर पक्षको विवाद बढ्दै जाँदा बिहीबार दुई पक्ष कुटाकुटमा उत्रिएको जनाइएको छ।
स्रोतको अनुसार केन्द्रीय प्रतिनिधि को हुने विवाद मिलाउन दुई पक्षको बैठक बिहीबार बसिरहेको थियो । इतर पक्षले प्रतिनिधि बनाएका कैनी नै पहिले हातपातमा उत्रेको आरोप लगाएको संस्थापन पक्षका एक विद्यार्थी नेता बताए। उहाँको अनुसार केन्द्रीय प्रतिनिधि को ? हुने विवाद मिलाउन दुई पक्षको बैठकमा झगडा परेको थियो।
यस्तै कैनीले संस्थापन पक्षले प्रतिनिधि बनाएका पदमलाई थप्पड हानेको नेविसंघ अध्यक्ष दुजाङ पक्षको दाबी छ ।