नेपाली क्रिकेट टोलीले अस्ट्रेलियाको ‘टप एन्ड टी-२० सिरिज’ खेल्ने

👤 adminnews | 🕒 १ दिन अगाडि
२४६ सेयर
f 𝕏 💬 🖨️

काठमाडौं । नेपाली क्रिकेट टोलीले आउँदो अगस्टमा हुने अस्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले अगस्ट २० देखि ३० सम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले सहभागिता जनाउने जनाएको हो ।

नेपाल उक्त प्रतियोगितामा खेल्ने पक्का भएको यस संस्करणको पहिलो टोली हो । अन्य टोली घोषणा हुन बाँकी छ ।

गत संस्करणको प्रतियोगितामा नेपालले लिग चरणका ६ खेलमा २ खेल मात्र जितेर ४ अंकसहित आठौं स्थानमा सीमित रहेको थियो ।

ट्याग्स : कुनै ट्याग छैन
सम्बन्धित समाचार
Scroll to Top