शुक्लाफाँटा नगरस्तरीय वडघर÷भलमन्सा समिति गठन – News Nepal Media
Trend

शुक्लाफाँटा नगरपालिकास्तरीय वडघर÷भलमन्सा समिति गठन गरिएको छ । समितिको अध्यक्ष (मूल वडघर)मा आज बचन सिंह रानालाई चयन गरिएको छ ।

नगरपालिकाले बनाएको थारू समुदायको प्रथाजन्य कानुन वडघर÷भलमन्सा परिचालन ऐन २०७८ अनुसार समिति गठन गरिएको हो । नगरस्तरीय समिति, वडामा गाउँस्तरीय र टोलमा टोल वडघर÷भलमन्सा समिति चयन गर्ने ऐनको प्रावधानअनुसार समिति चयन गरिएको आदिवासी जनजाति नगर समन्वय समितिका सचिव सुग्रिव रानाले बताउनुभयो ।

“नगरपालिकाका १२ वटै वडाका वडघर÷भलमन्सको भेला गरी पहिलो पटक समिति चयन गरेका छौँ,” उहाँले भन्नुभयो, “समितिले थारू गाउँका वडघर÷भलमन्ससँग समन्वय गरी बजेट परिचालन, समन्वय लगायतका कार्य गर्ने छ ।” उहाँका अनुसार समितिको कोषाध्यक्षमा लक्ष्मण चौधरी, चौकीदारमा माया चौधरी, सहचौकीदारमा रतन सिंह राना र फुलकुमारी रानालाई चयन गरिएको छ ।

सदस्यहरुमा सुग्रिव राना, चन्द्रबहादुर चौधरी, छोटेलाल राना, सुनिल चौधरी, हिमाली चौधरी, लाहनु चौधरी, भोसुराम चौधरी, जय सिंह राना, हबलदार चौधरी, कालुराम डगौरा र मायामोती चौधरी निर्विरोध चयन भएका छन । नगरका १२ वटै वडाबाट एक–एकजना प्रतिनिधि र तीनजना मनोनीत गरी जम्मा १५ जनाको नगर वडघर÷भलमन्सा समिति गठन गरिएको छ ।

नगरपालिकाको दसौँ नगर सभाले बडघर संस्था परिचालन ऐन २०७८ परित गरेपछि यस प्रथाले कानुनी हैसियत प्राप्त गरेको हो । थारू समुदायले लामो समयदेखि बघर प्रथालाई कानुनी मान्यता दिन माग गर्दै आएका थिए ।

ऐनमा बडघर र भलमन्साको चयन, कार्यक्षेत्र, काम कर्तव्य अधिकार क्षेत्र, मर्यादा लगायतका प्रावधानहरु समेटिनाका साथै कार्यक्षेत्रमा नेपाल सरकारको प्रचलित ऐन नियम विपरीत नहुने गरी काम गर्न सकिने उल्लेख गरिएको छ । ऐनको परिधिमा रहेर समिति गठन गरिएको आदिवासी जनजाति नगरस्तरीय सञ्जालका संयोजक रतन रानाले बताउनुभयो ।

समितिका पदाधिकारीले नगरपालिकाका जनप्रतिनिधिहरुसँग समन्वय गर्ने, गाउँमा रहेका सानातिना झैझगडा समाधान गर्ने, गाउँ टोलमा आइपर्ने जुनसुकै काममा सक्रिय सहभागिता जनाउनेलगायत समुदायमा सामाजिक, सांस्कृति र आर्थिक सद्भाव कायम राख्ने कार्य गर्ने छन् ।

बडघर प्रथामा थारू समुदायमा पुस्तौँदेखि पुस्तान्तरण हँुदै आएको छ । यसको नेतृत्व गर्ने व्यक्तिको पद पनि बडघर र भलमन्सा भएका कारणले यसको विकास भएको पाइन्छ । थारू समुदायमा बडघर संस्था अति शक्तिशाली रहेको पाइन्छ ।

नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि नं १६९ र आदिवासीहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय घोषणापत्र २००७ ले प्रथाजनित संस्थालाई मान्यता दिएको छ । थारू समुदायलाई अलग पहिचान र पुख्र्यौली भूमिसँगको सम्बन्धलाई पुस्तौँ पुस्तासम्म कायम राख्न बडघर र भलमन्सा संस्थाको संरक्षण र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले ऐन जारी गरिएको बताइएको छ ।

थारू समुदायका गाउँगाउँमा विकास निर्माण, समाजिक कार्य, विवाह, सांस्कृतिक कार्यको चाँजोपाँजो मिलाउने कार्यसँगै झैझगडाको छिनोफानो गर्नका लागि बडघर प्रत्येक वर्ष चयन हुँदै आएको छ ।

समिति गठनपछि अबदेखि बडघर र भलमन्सा संस्थाको प्रत्येक वर्षको गरेको कार्य र गतिविधिको लेखाजोखासँगै सोको विवरण सम्बन्धित वडा कार्यालय र टोलमा वार्षिक समीक्षा गरिनेछ र संस्थाले वार्षिक रुपमा यसको अभिलेख राख्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP