४० लाखको लागतमा बैष्णवी उद्यान – News Nepal Media
Trend

पर्साको वीरगञ्ज महानगरपालिका–३० लालपर्सामा रु ४० लाखको लागतमा बैष्णवी उद्यान निर्माण गरिएको छ । आर्थिक वर्ष २०७८÷७९ मा मधेश प्रदेशसभा सदस्य जन्नत अन्सारीको संसदीय विकास कोषबाट सो उद्यान निर्माण गरिएको हो ।

उद्यानमा विभिन्न पूर्वाधार निमार्ण गरिएका छन् । वीरगञ्ज–३० लालपर्सालाई बैष्णवी उद्यानमार्फत आकर्षक र मनमोहक बनाइएको वडाध्यक्ष मनोज यादवले बताउनुभयो । उहाँका अनुसार गाउँको पूर्वपट्टिको खोलामा पुल निमार्णका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्ष २०८९÷८० मा रु तीन करोड विनियोजन गरेको छ ।

तेली कल्याण समाजको महाधिवेशन असोज पहिलो साता

तेली कल्याण समाज नेपालको तेस्रो केन्द्रीय महाधिवेशन आगामी असोज ५ र ६ गते पर्साको वीरगञ्जमा हुने भएको छ । समाजका जिल्ला अध्यक्ष ध्रव साहका अनुसार महाधिवेशन तयारीका लागि केन्द्रिय उपाध्यक्ष विश्वनाथ साहको संयोजकत्वमा ११ सदस्यीय आर्थिक समिति गठन गरिएको छ ।

महाधिवेशन सफल बनाउन समाजका केन्द्रीय अध्यक्ष शैलेन्द्र साहको संयोजकत्वमा १५१ सदस्यीय महाधिवेशन मूल समितिसमेत गठन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP